उत्कृष्ट कार्य गरेका दुई प्रहरी जवान पुरस्कृत — OSNepal

उत्कृष्ट कार्य गरेका दुई प्रहरी जवान पुरस्कृत

LC (KTM) June 22, 2021 0

मोरङ- मोरङमा कार्यरत दुईजना प्रहरी जवान पुरस्कृत भएका छन् । कार्य सम्पादन मूल्यांकनका आधारमा नेपाल प्रहरीका जवान राजेशकुमार यादव र ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेठ महिनामा प्रदेशकै उत्कृष्ट हुँदै पुरस्कृत भएका हुन् ।

उनीहरुले प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान एवं ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई भन्सार छली, अवैध चोरी निकासी तथा पैठारीका सामान नियन्त्रणमा लिने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा २०७८ साल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी ९वेस्ट पुलिस अफ दी मन्थ० घोषणा गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ढंगबाट ट्राफिक जनचेतनामूलक प्रशिक्षणमा उल्लेखनीय भूमिका खेलेका कारण पुरस्कृत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर