काठमाडौं २ भदौ । सत्ता गठवन्धन दलको बैठकमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि सिट बाँडफाँटको विषयमा छलफल हुने भएको छ ।
बैठकमा बाँडफाँटका लागि गठन गरेको कार्यादलका सदस्यहरुको समेत सहभागीता रहेको छ ।
सिट बाँडफाँटका लागि गठन गरेको कार्यदललाई दिएको समय सकिपछि यति बेला गठवन्धनलाई सीट बाँडफाँड गर्न सकस बनेको हो ।
सिट बाँडफाँटका लागि गठवन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।