दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो विभिन्न खानाका परिकारमा हालेर खादा यसले धेरै मिठो स्वाद दिने काम गर्दछ । यसलाई विषेस गरेर मासुमा हाल्ने गरीन्छ ।
तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसालाको रूपमा प्रयोग गरिन्छ । दालचिनीले घाँटी बसेमा बिहान–बेलुकी धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ ।
दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । यसले मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।