चोरीको यस्तो सामान सहित प्रहरीको फन्दामा परे पप्पु — OSNepal

चोरीको यस्तो सामान सहित प्रहरीको फन्दामा परे पप्पु

LC (KTM) June 22, 2021 0

मोरङ ८ असार । विभिन्न समयमा चोरी गरेको सामान सहित प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सहनिलाई उनकै घरबाट सोही ठाउँ बस्ने विकाश गुरुङको घरबाट चोरी भएको १ थान ल्यापटप, सोही ठाउँ बस्ने मुनि देवी साहको घरबाट चोरी भएको ४ जोर चाँदीको जस्तो देखिने पाउजु, १ थान मोबाइल र विभिन्न ठाउँबाट चोरी भएका २ थान मोबाइल, १ जोर सुनको जस्तो देखिन झुम्का, नगद २ हजार ८ सय ९५ रुपैयाँ, १ जोर चाँदीको जस्तो देखिने बाला, १ थान चाँदीको सिक्का, १ वटा चाँदीको लकेट र १ थान भारतीय सिक्का सहित प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर