एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुट्दै भाग्ने क्रममा तार्केश्वर बस्ने रवि पक्राउ — OSNepal

एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुट्दै भाग्ने क्रममा तार्केश्वर बस्ने रवि पक्राउ

LC (KTM) June 22, 2021 0

काठमाडौं ८ असार । सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियार रहेका छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी एक महिलाको घाँटीमा लगाएको करिब दुई तोलाकोे सुनको सिक्री लुटि फरार भएका परियारलाई महानगरीय प्रहरी प्रभाग गोगंबुाट खटिएको प्रहरी टोलीले सिक्री सहित बसपार्कस्थित बिष्णुमती खोला छेउबाट पक्राउ गरेको हो ।

काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका ५ घर भएकी ५० वर्षीया महिलाको घाटीमा लगाएको सिक्री लुटिएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर