काठमाडौं असार ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सभापतिको लागि सभापति शेरबहादुर देउवा निकटका विमलेन्द्र निधि लागि परेका छन् । यो पटक देउवालाई साथ नदिने भन्दै निधि आफु सभापतिको उम्मेदवारी दिने भन्दै पार्टीका युवा नेताहरुसँग पनि छलफल गर्दै आएका छन् ।
हिजो सोमबार युवा नेताहरु गुरूराज घिमिरे, धनराज गुरूङ, चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियार, दीपक गिरी, सरिता प्रसाईं, प्रदीप पौडेललगायतसँग छलफल गरेका निधिले दोस्रो तहका नेताले आँट नगरे आफूहरु मध्येबाटै सभापतिको चुनौती ब्यहोर्न चेतावनी दिइने बताएका हुन् ।
निधिले देउवालाई आफुलाई सभापति बनाउन सहयोग गर्नुहोस् म प्रधानमन्त्री बन्न सभाउछु भन्दा देउवाले आफु ब्याक नहुने बताए पछि निधि नयाँ रणनितिका साथ अगाडी बढ्ने भएका छन् । हिजोमा मात्र सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटेर पार्टीलाई नयाँ नेतृत्व दिनुपर्ने भन्दै आफुलाई सहघाउन भनेका थिए ।
देउवा ब्याक नभए सहमतिमा नै देउवालाई टक्कर दिने समेत निणर्य गरेका छन् । पार्टीको अर्को महाधिवेशनमा भने गगन थापाहरुको पुस्ता आउने पर्ने निधिको तर्क रहेको छ ।