काठमाडौं १ भदौ । नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचन पछि पार्टी एकता गर्ने भएका छन् । पार्टीको सचिवालय बैठकले माओवादीसँग चुनावपछि एकताका लागि एकता संयोजन समिति बनाउन तयार रहेको निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले विचार र राजनीतिमा समानता भएकाले माओवादीसँग एकता गर्ने तयारीमा रहेको बताए । ‘केपी ओलीको अहंकारका कारण नेकपा विभाजित भएको बताएका उनले पहिला पनि एक भएका हामी अब फेरि जोड्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए ।
एकता संयोजन समिति बनाएर छलफल अघि बढाउने र चुनावपछि एकता गर्ने सैद्धान्तिक सहमति भइसकेको पनि उनले खुलासा गरे । साथै उनले पार्टीले यही भदौ ९ गते आफ्नो पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको पनि बताए ।