काठमाडौं १ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्नधको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ ।
सिट बाँडफाँटको लागि गठित कार्यदलको बालुवाटार बस्न लागेको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको हो ।
केहि दिन अगाडी प्रधानमन्त्री देउवाका छोरा जयबीर देउवाको गाडीको फुटेज खिचिएको भन्दै आजको बैठकमा बालुवाटारमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ ।
सुरक्षाकर्मीहरुले पत्रकारले जसको पनि आएगएको फोटो र भिडियो खिचेको भन्दै माथिबाटै प्रवेश नगराउन निर्देशन आएको जानकारी दिए ।
देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने अनौपचारिक बैठक भएको भन्दै सञ्चारकर्मीहरुलाई प्रवेश नदिइएको जिकिर गरे ।