स्वास्थ्यकर्मी धामीको हत्या भएको पुष्टि, डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी — OSNepal

स्वास्थ्यकर्मी धामीको हत्या भएको पुष्टि, डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी स्वास्थ्यकर्मीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । जिल्लाको परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी सोही नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत २६ वर्षीय अस्मितादेवी धामीको हत्या गरिएको पुष्टि भएको हो ।

शव परीक्षण रिर्पोटबाट हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । थप परिक्षण गर्नको लागि नमुना संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी २६ वर्षीय धामी गत ५ गते परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर