मिठो तरकारी खानकै लागि बनमा निउरो टिप्न गएकी चितवनकी ३२ वर्षीया गितालाई बाघले लखेटेर लियो ज्यान, शोकमा परिवार — OSNepal

मिठो तरकारी खानकै लागि बनमा निउरो टिप्न गएकी चितवनकी ३२ वर्षीया गितालाई बाघले लखेटेर लियो ज्यान, शोकमा परिवार

LC (KTM) June 22, 2021 0

चितवन, ८ असार(रत्ननगर नगरपालिका९५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट सोमबार दिउँसो मृ त्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आ क्रमण गर्दा उनको मृ त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि अस्पतालका लागि जेनेरेटर सहयोग-रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ । विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो । अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । “अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उहाँले भन्नुभयो, “जनशक्तिको समस्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भन्नुभयो, “विद्युत्को अभावमा शल्यक्रिया सेवा समेत रोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर