काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने उनले बताए ।
चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेको निर्माता सेनले बताए ।
विश्वको सबैभन्दा ठूलो फिल्म बजार मा नेपाली फिल्म प्रर्दन हुनु नेपालीहरुको लागी ठूलो अबससर हुने बताइएको छ । चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।