महाअभियोग प्रस्तावमाथि समितिको बैठकमा एमालेको प्रस्ताव - कार्यतालिका र समयावधि किटान गरेर एक महिनामा काम सकौं — OSNepal

महाअभियोग प्रस्तावमाथि समितिको बैठकमा एमालेको प्रस्ताव – कार्यतालिका र समयावधि किटान गरेर एक महिनामा काम सकौं

LC (KTM) August 17, 2022 0

काठमाडौं १ भदौ । आज बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।

एमाले सांसद कृष्णभक्त पोखरेलले महाअभियोग प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा आएकाले छिट्टै काम सक्दा राम्रो हुने सुझाव दिए ।

कार्यविधिसँगै कार्यतालिका र समयावधि किटान गरेर के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गर्न आग्रह गरेका छन् ।

‘तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ, कार्यविधिसँगै कार्यतालिका र समयावधि किटान गरौं, हाम्रो समय ३ महिना भने पनि हामीसँग समय छैन ।’ पोखरेलले भने ।

प्रधानन्याधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन र कसरी अड्काएर राखियो ? भन्दै प्रश्न गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर