मेयर बालेनलाई साथ दिँदै लिङदेनले भने - फोहोर व्यवस्थापनमा अबरूद्ध गर्ने काममा पाटीर्का कुनै कार्यकर्ता संलग्न भए कारवाही गर्छु — OSNepal

मेयर बालेनलाई साथ दिँदै लिङदेनले भने – फोहोर व्यवस्थापनमा अबरूद्ध गर्ने काममा पाटीर्का कुनै कार्यकर्ता संलग्न भए कारवाही गर्छु

LC (KTM) August 17, 2022 0

काठमाडौं १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन राप्रपाको संलग्नता नभएको स्पष्ट पारेका छन् ।

राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम नगर्ने स्पष्ट पारेका अध्यक्ष लिङदेनले काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गरेका हुन् ।

फोहोर बोकेका गाडीहरू अबरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होईन यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कार्वाही समेत गर्नेछ। लिङदेनले भनेका छन् ।

जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित नभएको भन्दै उनले भविष्यमा यसप्रकारको गलत संदेश संप्रेसित नहुने अपेक्षा आफुले गरेको बताएका छन् । फोहोर बोकर बञ्च्रेडाँडाँ पुगेको फोहोरको गाडीलाई स्थानीयले अवरोध गर्नुकै साथै गठवन्धनका दलहरुले समेत अवरोध गरेका थिए ।

उनले भनेका छन् , ‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहान्छु।राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम गर्दैन।फोहर बोकेका गाडीहरू अबरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होईन यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कार्वाही समेत गर्नेछ।जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन।भविष्यमा यसप्रकारको गलत संदेश संप्रेसित नहुने अपेक्षा समेत गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर