काठमाडौं १ भदौ । सरकारले आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलामा पुर्ण प्रतिवन्ध लगाएको छ ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सकारको प्लाष्टिकका झोला प्रतिवन्धको लगाउने नीति ल्याएको हो ।
यस नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन,२०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने वातावरण विभागले जनाएको छ ।