काठमाडौँ ।
चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी पछिल्ला केहीदिनदेखि निकै अलमलमा परेका छन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका आकाक्षी रहेका तर सरकारले अभिनेता केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरे लगत्तै निर्देशक नरेश पौड्यालले सर्वोच्च अदालतमा भुवनकाविरुद्धमा मुद्धा दायर गरेपछि भुवन अहिले अलमलमा परेका छन् ।
भुवनको नियुक्ती कानुन विपरित भएको भन्दै निर्देशक नरेश पौड्यालले मुद्दा दायर गरेपछि भुवन फेरी एक पटक समस्यामा परेका हुन् । सर्वोच्चले सोमबार बोर्डमा भुवनलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागे सँगै भुवनको २ बर्षमा नेपाली फिल्मको विकास र विस्तार देखिने गरि काम गर्ने योजना पनि अलमलमा त परेको छैन ?
विबादित छविका कारण बेलाबेलामा समस्यामा आइरहने भुवनको केस न्यायाधीस प्रकाशमान सिंहको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो । यस्तै, अदालतले भुवन केसीलाई नियुक्त गर्नुको कारण पनि माग गरेपछि उनी थप अलमलमा परेको देखिन्छ ।