काठमाडौं-सुनिल शेट्टीका छोरा अहानले अक्षय कुमारसँग एक्सन फिल्ममा एक साथ काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार आहानले र्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग काम गर्ने भएका हुन् ।
फिल्मको विषयमा धेरै जानकारी अहिले सार्वजनिक भएको छैन । तर यो फिल्म एक्सन थ्रिलर फिल्म हुने बताइएको छ । अहान ‘तडपबाट डेब्यु गरेका हुन तर त्यो फिल्म रिलिज भने भएको छैन् ।
मार्चमा अक्षयले अहानको डेब्यू फिल्म ‘तडप’ को पोस्टर सेयर गर्दै लेखेका थिए, ‘अहान तपाईंको लागि यो ठूलो दिन हो । मलाई आज पनि तिम्रो पापा सुनिल शेट्टीको पहिलो फिल्म ‘बलवान’ को पोस्टर याद छ र आज म तिम्रो पोस्टर प्र्रस्तुत गरिरहेको छु ।’ ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका थिए । ‘तडप’ २४ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज हुनेछ ।