काठमाडौँ ।
महानायक राजेश हमालले फिल्ममा बाबुको भूमिकामा अभिनय खेल्न अस्विकार गरेता पनि चिकित्सक बन्न भने तयार भएका छन् ।
‘प्रेमगीत ३, छड्के २, फूलबारी’ लगायतका फिल्ममा उनले बाबुको भूमिका निर्वाहा गर्न अस्विकार गरेता पनि फिल्म मनमा मायामा हमालले चिकित्सकको भूमिकामा साइन गरेका छन् ।
हमालले ‘मायाको माया’मा साइन गरेर दुबई उडेका छन् । जसमा राजेशका अलावा अनुप विक्रम शाही र आना शर्मा मुख्य भूमिकामा देखिँदैछन् ।
५ बर्षपछि फिल्ममा कमब्याक गर्दै गर्दा हमालले बाबु बन्न अस्विकार गर्दा गर्दा चिकित्सकको भूमिका स्विकार कसरी गरे भन्नेमा धेरै छक्क परुेका छन् ।
फिल्ममा चरित्र भन्दा पनि आफ्नो भूमिका कती सशक्त छ भनेर हेर्ने तर्कलाई अगाडी सार्दै आएका हमालले पछिल्लो समय अभिनय गर्न लागेको फिल्म रोहितकरण बैद्यले निर्देशन गदैछन् ।