काठमाडौं ३१ साउन । महाअभियोग सिफारिस समितिको बैठक आह्रान गरिएको छ । बैठक भोली बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्ने भएको छ ।
महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले दिएको जानकारी अनुसार महाअभियोग सिफारिस समितिको बैठक भोली बस्ने भएको हो ।
उक्त बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गरिने भएको छ । महाभियोगले विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।
गएको फागुन १ गते २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा जवरामाथि महाभियोग दर्ता भएको थियो ।
महाअभियोग सिफारिस समितिमा भने , सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य र हेका छन् ।