काठमाडौं ३१ साउन । नेपाल आयाल निगमले नेपालमा पेट्रोलियम पदार्थको मुल्य नघट्ने बताएको छ । भारतले आज फेरि मुल्य घटेको सुची पठाएपनि नपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको हो ।
निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने जानकारी दिएको हो । मंगलबार निगमले पत्रकार सम्मेलन गरी अझै ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले तत्काल मुल्य नघट्ने बताएको हो ।
निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले अझै ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिने बताए । निगम आर्थिक रुपमा सबल हुँदै आएपछि मात्र केही न केही सम्बोधन हुने थानीले बताए ।