काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई पर्चा टास्दै सिंहदरबार निषेध गरिएको उल्लेख गरिएको छ । सोमबार नयाँ पार्टी, नेपालको नामबाट उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै उनलाई सिंहदरबार दक्षिण गेटमा प पर्चा टासेर निेषेध उल्लेख गरेको हो ।
पर्चामा लेखिएको छ, ‘नयाँ पार्टी, नेपालले दिएको समय सीमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । नयाँ पार्टी, नेपाल ।’