काठमाडौं ३१ साउन । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र बामदेव गौतम चुनावी मैदानमा उत्रिने भएका छन् ।
भट्टराईले आफूहरू गठबन्धनकै अभिन्न अंग भएकाले कसैले गठबन्धनमा लिने वा नलिने भन्ने प्रश्न नरहेको भन्दै सीट बाँडफाँटमा पनि गठबन्धनको मापदण्डभित्रै पर्ने बताएका छन् ।
आगामी निर्वाचन एउटै निर्वाचन चिन्ह लिएर सहमति भएपछि भट्टराईले सबैसँग सहयोगको अपेक्षा समेत गरेको बताएका छन् ।‘हामी गठबन्धनकै अंग हो । हामी गठबन्धनभित्रै हो । यसमा कसैलाई भ्रम नपरोस्,’ उनले भने ।
वर्तमान अनस्थामा छुट्टन छुट्टै भन्दा पनि एकताको आवश्यक रहेको बताएका उनले चुनावपछि वृहत राजनीतिक ध्रुवीकरणको लक्ष्य रहेको बताए ।
अग्रगामी परिवर्तनका एजेण्डा बाँकी नै रहेको बताएका उनले भने , ‘एक्लैएक्लै लड्नु भन्दा मिलेर एकताबद्ध भएर जानुपर्ने आवश्यकता अनुसार तालमेल गरिएको हो ।’