महिला आन्दोलनको नाममा विकृति भयो ,यसो टिकटक हेर्यो हेर्न नसक्ने हुन्छ :ओली — OSNepal

महिला आन्दोलनको नाममा विकृति भयो ,यसो टिकटक हेर्यो हेर्न नसक्ने हुन्छ :ओली

LC (KTM) August 16, 2022 0

काठमाडौं ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील महिला आन्दोलनको नाममा विकृतितिर जान नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्रान गरेका हुन् ।

अहिले टिकटक हर्यो भने हर्न नसक्ने हुने भन्दै ओलीले पहिले आफ्नो सम्मान आफैंले गर्न आवश्यक रहेको बताए ।

यसो टिकटक हेर्दा हेर्न नसक्ने हुन्छ,हामी सबैलाई सम्मान गर्छौं तर आफ्नो सम्मान आफैंले गर्न नसक्ने अवस्था बनेपछि त्यसलाई बन्द गर्नुपर्ने हुन्छ । त्यसबाट भाग्नुपर्ने हुन्छ ।’ओलीले भने ।

महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नहुनेमा ओलीले जोड दिए ।

यो पनि …

काठमाडौं ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी हुने सपना नदेख्न युवा वर्गलाई बताएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो पुस्तालाई विस्थापित गर्ने भन्दै युवालाई हतार नगर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

ओलीले भने, ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर हुन्छ ? अनावश्यक गफ दिएर हुँदैन ।’

आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो भने एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइने बताएका ओलीले युवाले देश चलाउने भनेको एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जिते जस्तो भएको बताए ।

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर नहुने भन्ने अभिव्यक्ति दिएका ओलीले मन्त्रीको लागि केहि मापदण्ड बनेको भन्दै भने , ‘बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन,पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर