काठमाडौं ३१ साउन । छिमेकी राष्ट्र भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ ९० पैसा, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।
अहिले नेपाली बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ ।