रुपन्देही ३१ साउन । कपिलवस्तुका नारायणप्रसाद खनालले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको चार दशक लामो सम्बन्ध अन्त्य गरेका छन् । भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएपछि उनले भट्टराईको साथ छोडेका हुन् ।
रुपन्देहीका मनिकर कार्कीले पनि बाबुरामको साथ छाडेको घोषणा गरेका छन् । खनाल र कार्की दुवैले सामाजिक सन्जालमार्फत भट्टराईसँग अलगिएको जानकारी गराएका हुन् ।
माओवादीबाट चुनाव लड्ने भट्टराईको निर्णयले ठूलो धोका भएको बताएका खनालले लेखेका छन्, ‘समाजमा नयाँ नयाँ काममा रुचीका साथ सक्रिय नयाँ पुस्ताको मनोबल मात्रै बढाउनुहोस् र मनैदेखि नयाँ वैकल्पिक राजनीतिको अभिावकत्व मात्रै गरिदिनोस् बाँकी काम हामी गर्छौं र तपाईंको शीर नझुक्ने गरी अगाडि बढाउँछौं, समग्रमा तपाईं अब बचेखुचेका दिन अन्ना हजारे बनेर बिताउनु होस् भन्ने थियो तर उहाँको दिमागमा सत्ताको लोभ बाँकी रहेछ। यदि कुरा त्यही थियो भने आठ बर्षदेखि हाम्रो वैकल्पिक राजनीतिको पक्षमा श्रोत, समय, ऊर्जा खर्च मात्रै गराउनु भयन, आफ्नै जीउलाई किन दुस्ख दिनुभएको होला ?’
आजैका मितिदेखि नेपाल समाजबादी पार्टीको केन्द्रीय सदस्य लगायत समितिको कुनै पनि पदमा समेत नरहने खनालले घोषणा गरेका छन् ।
खनाल लेखेका छन्,
केही समययता डा. बाबुराम भट्टराईलाई मेरो व्यक्तिगत सुझाव यस्तो थियो, अबका दिनमा तपाई देशको एउटा साझा राजनेता बनीदिनोस्, तपाईंको सबैतिर आवश्कता महशुस होस्, तपाईंको कुरा सबैलाई सर्वस्वीकार्य र अकाट्य मात्रै होइन अन्तिम र निर्णायक पनि होस्, तपाई मुलुकको निम्ति नभई नहुने पात्रको रूपमा दुनियाँले अपेक्षा गरोस् र हेरोस् ।
समाजमा नयाँ नयाँ काममा रुचीका साथ सक्रिय नयाँ पुस्ताको मनोबल मात्रै बढाउनुहोस् र मनैदेखि नयाँ वैकल्पिक राजनीतिको अभिावकत्व मात्रै गरिदिनोस् बाँकी काम हामी गर्छौं र तपाईंको शीर नझुक्ने गरी अगाडि बढाउँछौं, समग्रमा तपाईं अब बचेखुचेका दिन अन्ना हजारे बनेर बिताउनु होस् भन्ने थियो तर उहाँको दिमागमा सत्ताको लोभ बाँकी रहेछ। यदि कुरा त्यही थियो भने आठ बर्षदेखि हाम्रो वैकल्पिक राजनीतिको पक्षमा श्रोत, समय, ऊर्जा खर्च मात्रै गराउनु भयन, आफ्नै जीउलाई किन दुस्ख दिनुभएको होला रु
सामन्यतया २०३९ सालयता,विशेषत २०५८ सालदेखि डा. बाबुराम भट्टराईसँगको सम्बन्ध आजका मितिदेखि लागू हुने गरी पूर्णतया विच्छेद भएको घोषणा गर्दछु ।
मलाई बाल्यकालदेखि विश्वास गरेर , सुरुमा नेकपा मसालपछि नेकपा एकता केन्द्र मसाल कपिलवस्तुको सचिव, तत्कालीन जनमुक्ति सेना, नेपालको चौथो डिभिजनको प्रशासक कमिशार , नेकपा माओवादी अबध राज्य समितिको सदस्य, नयाँ शक्ति पार्टी नेपालको संस्थापक केन्द्रीय सदस्य,समाजबादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ्ग बिभागको सदस्य ,जसपा ,नेपालको केन्द्रीय सदस्य र हालै बनेको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत मनोनयन गर्नुभएकोमा उहाँप्रति धेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु र उहाँको उज्ज्वल भबिश्यको सधै कामना गर्दछु र म आजैका मितिदेखि नेपाल समाजबादी पार्टीको केन्द्रीय सदस्य लगायत समितिको कुनै पनि पदमा समेत नरहने घोषणा गर्दछु ।