काठमाडौं ३१ साउन । सत्तारुढ गठवन्धन दलले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निणर्य गरेका छन् ।
आज मंगलबार बसेको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दुबै संसदले पास गरेको विधयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरिएको हो ।