आमाबाबु बन्दै बलिउडको हट जोडी, विपासाको बेबीबम्पमा करणले गरेको चुम्बनको चर्चा — OSNepal

आमाबाबु बन्दै बलिउडको हट जोडी, विपासाको बेबीबम्पमा करणले गरेको चुम्बनको चर्चा

LC (KTM) August 16, 2022 0

काठमाडौं :

बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् । भारतीय मिडियाहरूका अनुसार विपाशा र करण छिट्टै आधिकारिक रूपमा आफ्नो गुड न्यूज घोषणा गर्न र आमाबुवा बन्न उत्साहित छन् ।करण रविपाशाले ६ वर्ष अघि प्रेम विबाह गरेका थिए ।

आमा बन्न लागेको लामो समय पछि विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् ।

तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । तस्विर सेयर गर्दै विपाशाले लेखेकी छन् ‘नयाँ समय, नयाँ चरण र नयाँ प्रकाशले हाम्रो जीवनको ऐनामा नयाँ छायाँ थपेको छ । यसले हामीलाई पहिलेभन्दा पूर्ण बनाउनेछ । व्यक्तिगत रुपमा भेटेपछि हामी दुई भयौं । हामी पहिले जे थियौं, अब हामी तीन हुनेछौं । हाम्रो प्रेमबाट प्रकट हुने सृष्टि, हाम्रो बच्चा हामीसँग चाँडै सहभागी हुनेछ र हामीलाई आनन्द थप्नेछ ।’

सन २०१५ मा विपाशा र करण चलचित्र ‘अलोन’ को सुटिङको दौरानमा एक अर्काको प्रेममा परेका थिए। अप्रिल ३०, २०१६ मा बिहे गरेका उनीहरुको बिहेमा थुप्रै सेलीब्रेटीको उपस्थिती रहेको थियो ।करणका अघिल्ला दुई विवाह असफल भएपछि विपाशासँग बिहे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर