राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेश — OSNepal

राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेश

LC (KTM) August 16, 2022 0

काठमाडौं ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेश भएको छ।

दुवै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले आइतबार संसदमै फिर्ता पठाएकी थिइन् । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिका तर्फबाट पठाएको पत्र पढेर सुनाए ।

पत्रमा भनिएको छ , ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेक विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनस् गहन अध्ययन, छलफल,विमर्श र विश्लेषणसहित पुनरविचार हुन वाञ्छनीय भएकाले सम्मानीत राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देश सहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्ण भएकाले नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्ने बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध गर्दछु,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर