काठमाडौं ३१ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचनको लागि गृहजिल्ला रौतहट फर्किने भएका छन् ।
गएको २०७४ को निर्वाचनमा रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका अध्यक्ष नेपाल यस पटक सुरक्षा खोज्दै पुन रौतहट पुगेका हुन् ।
उनको निजी सचिवालयले दिएको जानकारी अनुसार स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने भएका हुन् ।
गएको स्थानीयन निर्वाचनमा पनि रौतहट क्षेत्र नम्बर १ मा वडामा नेकपा एसले सबैभन्दा धेरै १९ हजार ६९८ मत पाएको थियो ।