काठमाडौं ३१ साउन । नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकेदारका कारण देशमा विकास निमार्णको काम हुन नसकेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद पण्डितले ठुला ठेकेदारहरु कब्जाका नितिमा गएका काण विकास नभएको बताएका हुन् ।
ठुला व्यवसायीहरुले बैकं कब्जामा लिएका कारण साना व्यवसायीले उद्योगल सञ्चालन गर्न कर्जा नपाउने वातावरण र्सिजना भएको बताए ।
बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले भने , देशको विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेन । ठूला ठेकेदारले योजना कब्जा गर्ने र काम नगर्ने प्रवृत्तिका कारण यस्तो भयो’, ।
साना उद्योग व्यवसायी धराशायी बनेको भन्दै उनले अघि भने , ‘ठूला उद्योगी, व्यवसायीले बैंक कब्जा गर्ने, आफैं ऋण लिने तर साना उद्योगीले कर्जा नपाउने अवस्था भयो । त्यसले साना उद्योग व्यवसायी धराशायी बन्यो ।’