काठमाडौं ३१ साउन । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर वामदेव गौतमले प्यूठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव राखेका छन् ।
गएको २०७२ सालको निर्वाचनमा बर्दिया–१ बाट चुनाव लडेका गौतम पराजित भएका थिए । गौतमले यसपटक चुनाव चिन्हसँगै निर्वाचन क्षेत्र पनि परिर्वतन गर्न लागेका उनी निकट स्रोतले जनाएको छ ।
चनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादीसँग प्रस्ताव गरेका हुन् । नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका गौतमले दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।