एमालेको आह्वान : राष्ट्रपतिलाई विवादमा नतानौं , राष्ट्रपतिले पठाएको सन्देश हाम्रा लागि सुवर्ण अवसर हो नागरिकता जस्तो विषयमा साझा धारणा तयार गरेर अगाडि बढौं ।
काठमाडौं ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरेको आलोचनाको आपत्ती जनाएको छ । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयकलाई फिर्ता पठाएपछि उनको चौतर्फी आलोचना भएको हो ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग जोडेर राष्ट्रपतिमाथी आक्रमण गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि भएको भट्टराईले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा तान्नु गलत भएको बताए ।
भट्टरार्ई ले संसदमा बोल्दै भने‘राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएपछि अध्यादेशसँग जोडेर जसरी हेर्ने गरिएको छस संविधानको धारा ११४ मा अध्यादेशको व्यवस्था गरेका छौं । अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था गरिएको छैन । विधेयक फिर्ता पठाउन सक्ने अधिकारको राष्ट्रपतिले सदुपयोग गर्नुभएको छ ।’
राष्ट्रपतिको यो पुनर्विचार गर्ने प्रस्तावसँगै अनेक खालका दृष्टिकोण आइरहेको भन्दै उनले उघि भने , ‘राष्ट्रपतिलाई विवादमा पार्ने गरी राष्ट्रपति हुनुपूर्वको पार्टीको सम्बद्धतालाई उल्लेख गरेर एमालेको सरकार भएका बेला उहाँले अध्यादेश खुरुक्कै पास गरेर पठडाउनुहुन्थ्यो भन्ने अभिव्यक्ति यहाँ आएका छन् । उहाँले विधेयक रोक्ने, पुनर्विचार गर्ने काम गर्नुभयो तर अध्यादेश जारी गर्नुभयो भन्ने भन्ने हिसाबले चर्चा भएको छ’।
राष्ट्रपतिले केही सन्देशहित पठाएको सन्देश हाम्रा लागि सुवर्ण अवसर भएको भन्दै भट्टराईले भने,’एमालेको तर्फबाट आह्वान गर्न चाहन्छु-आउनुहोस् सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयार गरेर अगाडि बढौं,’ ।