काठमाडौं ३१ साउन । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावमा लड्न लागेका बामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् ।
गौतमले माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज हुने भन्दै सो स्थान दावी गरेका हुन् ।
उनले पार्टी एकिकरण नभई चिह्न लिएर निर्वाचनमा मात्र भाग लिन लागेको जानकारी समेत दिएका छन् ।