काठमाडौं ३१ साउन । सत्तारुढ दल नेपाली कांग्रेसहित गठवन्धनमा सहभागी दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदलको म्याद सकिन लाग्दा गठबन्धनको शीर्ष बैठक बसेको हो ।
रामचन्द्र पौडेलको नेतृत्वमा गठित ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटका लागि साउन मसान्तसम्म दिएको समय आज सकिँदै छ ।
आज बैठकमा शीर्षनेताहरुले कार्यदललाई आवश्यक मार्गनिर्देशन दिनुका साथैगठवन्धनमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने भएको छ ।
साथै बैठकमा राष्ट्रिपति विद्यादेवी भण्डारीले फिर्ता भएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने विषयमा समेत छलफल हुने भएको छ ।