सिरहामा करेन्ट लागेर गम्भीर घाइते भएका दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृ त्यु — OSNepal

सिरहामा करेन्ट लागेर गम्भीर घाइते भएका दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृ त्यु

LC (KTM) June 22, 2021 0

सिरहा- सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर