काठमाडौं ।गायिका स्मिता घिमिरेको सोमबार साँझ निधन भएको छ । तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको मोरङ समाज काठमाडौंले जनाएको छ ।
मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले सबैलाई शोकाकुल बनाएको उल्लेख छ ।केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गायिका स्मिताको आज नै
पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएसँगै उनी थप समस्यासँग जुध्दै अगाडी बढेकी सिथइन् ।