एमालेले दिएको भ्याकेट निवदेनको आज सुनुवाइ — OSNepal

एमालेले दिएको भ्याकेट निवदेनको आज सुनुवाइ

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । नेकपा एमालेले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदनको आज सुुनुवाइ हुँदैछ । कर्णाली प्रदशेका चार जना सांसदको कारवाहीमा अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने पार्टीको निणर्यप्रति माधव नेपाल संशकित बनेको छ ।

पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गराएको हो । एमालेमा अहिले केन्द्रिय कमिटि नभएकाले कारवाही गर्न नमिल्ले आदेशमा उल्लेख गरिएपनि एमालेले पार्टीले दर्ता गराएको भ्याकेटमा भने महाधिवेशन आयोजक कमिटी नै केन्द्रीय कमिटीले बनाएकाले संसदीय व्यवस्थामा दलको ह्वीप उल्लंघन गर्दा पार्टीले कारवाही गर्न सक्ने उल्लेख गरिएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ गते कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर