काठमाडौं ३० साउन । अभिनेता भुवन केसी विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तिरिम आदेश दिन अस्विकार गरेको छ ।
सोमबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्नुको कारण माग गरेको हो ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र केसीसँग लिखित जवाफ मागेको छ ।
तथापी, सर्वोच्चले निवेदकको दाबीअनुसार अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।अब सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि भदौ २ गते बोलाएको छ ।
केसी विरुद्ध अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।