बागलुङमा अनियन्त्रित भई ट्र्याक्टर सडकबाट खस्दा १८ वर्षीय किशोरको मृ त्यु — OSNepal

बागलुङमा अनियन्त्रित भई ट्र्याक्टर सडकबाट खस्दा १८ वर्षीय किशोरको मृ त्यु

LC (KTM) June 22, 2021 0

बागलुङ- बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृ त्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृ त्यु भएको हो ।

आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृ त्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर