काठमाडौं :
फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खान स्तब्ध भएका छन् । फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन आमरिले निकै मिहिनेत गरेपनि फिल्मले राम्रो व्यापार गर्न सकने ।
फिल्म नचलेपछि आमिरलाई निकै ठूलै चोट पुगेको बताइएएको छ ।
यति ठूलो झट्कापछि देशभरका फिल्म वितरकले आमिर खानसँग आर्थिक क्षतिपूर्ति पाउनुपर्ने माग राखेको भारतिय मिडियाले जनाएका छन् । फिल्मले चार दिनसम्म भारतीय बक्स अफिसमा ३७।९६ करोड भारु कमाएको छ ।यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्म माने पनि तर त्यससो हुन सकेन् । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे । त्यस्तै ११ अगस्टमै अक्षय कुमारको रक्षा बन्धनले पनि राम्रो कमाइ गर्न सकेन् त्यस्तै रक्ष बन्धन अक्षय कुमारको लागि झड्का साबित भएको छ तर , सानो बजेटको साउथ फिल्म सीता राममले बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।
साउथको यो पिरियड ड्रामा समीक्षक र चलचित्रप्रेमीहरुले निकै मन पराएका छन् ।चलचित्र सीता रामम तेलुगु पिरियड रोमान्टिक चलचित्र हो। यसलाई हनु राघवपुडीले निर्देशन गरेका हुन् । फिल्ममा दुल्कर सलमान, मृणाल ठाकुर, रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् । यो चलचित्र अगस्ट ५ मा हलमा रिलिज भएको थियो । मृणाल ठाकुरले यो फिल्मबाट तेलुगुमा डेब्यु गरेकी छिन् । फिल्ममा मृणालले सीता, दुल्कर सलमानले राम र रश्मिका मन्डन्नाले आफरिनको भूमिका निभाएका छन् । यो ताजा प्रेमकथा हेर्ने जो कोही पनि प्रेममा परेका छन् । चलचित्रको बजेट ३० करोड रहेको बताइएको छ ।