काठमाडौं ३० साउन । वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने भएको छ । मल पाउने भएपछि महानगरपालिकाले कब्जामा लिएको ४ ट्रक मल कृषि सामग्री कम्पनीलाई दिएको छ ।
आइतबार महानगरपालिकाले कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । आइतबार मल नियन्त्रणमा लिएपछि आज सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ४ बुँदे सहमति भएको हो ।
सहमति भएसँगै महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल पाउने भएको छ ।
साथै सहमतिमा कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल पनि वीरगञ्ज महानगरपालिकालाई उपलब्ध गराइने भएको छ ।