भूमि पेडनेकरले बलिउडमा झण्डै सात वर्ष बिताइसकेकी छिन् । उनले आफ्ना फिल्महरू मार्फत कुनै न कुनै मुद्दालाई उठाएको देखिन्छ। उनको फिल्मको विरोध पनि हुन्छ तर उनको फिल्ममा सत्यता पनि हुन्छ । जसलाई धेरैले हेर्न रुचाउँछन् । ९बधाइ दो० उनको करियरको दशौं फिल्म हो । यो चलचित्रमा पनि उनले पहिलो चलचित्र जस्तै समुदायको विषयमा समझदारी निर्माण गर्ने पहल गरेका छन् ।
यस भेटमा उनले आफ्नो अभिनय यात्रा, महिला समस्या र अन्य धेरै कुराहरु बारे अनकथित कुराहरु सेयर गरेको देखिएको छ । भूमि पेडनेकरले भनिन्,–‘म धेरै भाग्यमानी छु । बधाइ दो सात वर्षमा मेरो दशौं फिल्म हो। भूमि पेडनेकरले थप भनिन्, जुन महिनामा मेरो पहिलो फिल्म छायांकन भएको थियो, त्यही महिनामा मेरो दशौं फिल्मको पनि सुटिङ भएको छ ।
अझ रोचक कुरा के छ भने मेरो पहिलो फिल्म ‘दम लगा के हईशा’ को सुटिङ भएको लोकेशनमा ‘बधाई दो’ को पनि सुटिङ भएको छ । भूमी पेडनेकर भन्छिन् कि म धेरै भाग्यमानी छु कि मैले यति धेरै राम्रा फिल्म गर्ने मौका पाएको छु, प्रत्येकमा फरक फरक कथाको हिस्सा बन्ने मौका पाएको छु। फागुन २७ गते मेरो करियरको सात वर्ष पूरा हुनेछ भन्नेमा विश्वास गर्न नसक्ने उनले बताए । भूमी पेडनेकर भन्छिन्,– ‘म पहिलो दिन जत्तिकै स्क्रिप्टलाई लिएर नर्भस भएको छु ।
भूमि पेडनेकरले आफ्ना फिल्महरूबाट मानिसहरूको पहुँचमा पुग्ने प्रयास गर्छिन् । भूमि पेडनेकर भन्छिन्– ‘सिनेमामा यति शक्ति हुन्छ कि यसले मानिसको मन बदल्न सक्छ । मनोरञ्जनका माध्यमबाट जनतासामु समस्या ल्याउने प्रयास गरिरहेकी छु । ‘बधाई दो’ पनि त्यस्तै एउटा चलचित्र हो । मुद्दा धेरै भए पनि महिला शोषणको खबरले सबैभन्दा बढी सताएको भूमि पेडनेकर बताउँछिन् । मैले सामाजिक सञ्जालमा धेरै पटक महिला शोषणको विषय उठाएको छु । यसै क्रममा भूमीले महिलामाथि हुने यौन दुव्र्यवहारको खबरले रातभर निदाउन नदिने बताइन् ।