काठमाडौँ । चर्चित नायिका करिना कपुरले पैसाका लागि आँफुभन्दा दोब्बर उमेरका पाका अभिनेतासँग विबाह गरेको आरोप खेप्दै आएकी छिन् ।यसैबिच करिनाले छोटो समयमा नै २ सन्तानलाई जन्म दिएपनि उनको अभिनय यात्रा भने जारी छ । यसैबिच करिनाले दोस्रो सन्तान जन्माउँदा मलाई धेरै पीडा भएको उल्लेख गरेकी छिन् ।
दोस्रो सन्तानको आगमन भएपछि उनले आफ्नो तौल धेरै नै घटाएकी छिन् । करिनाले योग दिवसको दिन योग गर्दै गरेको पोष्ट शेयर गरेर दोस्रो सन्तान जन्माएपछि आफुले योगमा खासै ध्यान दिन नसकेको उल्लेख गरेकी छिन् । योग र अभ्यासले आफ्नो शरीरुलाई सन्तुलीत अवस्थामा राख्न सफल भएको उल्लेख गर्दै करिनाले दोस्रो सन्तानको जन्मपछि मलाई रेगुलर लाइफमा फर्कनलाई धेरै गाह्रो भएको बताएकी छिन् ।
उनले यो समय म निकै थकित भएको उल्लेख गरेकी छिन् ।अहिले दोस्रो सन्तानको जन्मपछि मलाई रेगुलर लाइफमा फर्कनलाई धेरै गाह्रो भएको छ । यो समय म निकै थकित छु । यसकारण पनि म सबै आमाहरुलाई नमन गर्छु जस्ले आफ्नो सन्तानको लागि सबै दुख भुल्छन् ।’म अब बिस्तारै आफ्नो लयमा फर्कदैछु र बिस्तारै सबै ठिक हुनेछ उनले लेखेकी छिन् ।