काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रको आज दिउँसो १ बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डको कार्यव्यस्थताले गर्दा बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको जानकारी प्राप्त भएको छ ।
आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफलको लागि बैठक बसन लागेको थियो ।
साथै, आज बसने बैठकमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको विषयमा समेत छलफल हुने भएको थियो ।
आउँदो निर्वाचनमा नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा थप छलफल हुने कार्यसुची रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।