काठमाडौं ३० साउन । सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।
गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि बसेको हो ।
सो बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीको सहभागीता रहेको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा चारवटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना रहेको छ । आज बसेको बैठकमा सो कार्ययोजना पारित गराउने तयारी रहेको छ ।