काठमाडौं ३० साउन । नेपाली कांग्रेसले आज सोमबारबाट स्थानीय तहमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखिकरण दिने भएको छ ।
स्थानीय तहमा काँग्रेसतर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई आज बाट २ दिने प्रशिक्षण ललितपुरमा दिने भएको हो ।
प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवाले आज ११ बजे हेरिटेज होटल मा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।
आज पहिलो दिन प्रशिक्षण दिन वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालको सहभागीता हुने भएको छ ।
भोली दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने भएका छन् ।
उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे तथा महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने भएका छन् ।
आज प