काठमाडौ ३० साउन । सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।
एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका मन्त्री चौधरीले बताए ।
एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको आरोप लगाएका मन्त्री चौधरीले सम्बोधनमा भने ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने रु अब उसलाई किन ठुलो पार्टी बनाउने रु जनता प्रश्न गरिरहेका छन् ।’
कम्युनिष्टहरु शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका उनले आफ्नो पार्टी नेकपा एस बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।