विद्युत उत्पादनमा स्वदेशीलाई प्राथमिकता दिन माग — OSNepal

विद्युत उत्पादनमा स्वदेशीलाई प्राथमिकता दिन माग

LC (KTM) August 15, 2022 0

काठमाडौं । स्वदेशी पूँजी विदेशिन नदिनका लागि विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई नै प्राथमिकता दिन विज्ञहरूले माग गरेका छन् ।नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका तथा प्रस्तावित विद्युत विधेयक विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले स्वदेशी पूँजी विदेश पलायन हुन नदिन विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

विद्युत उत्पादनमा सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तय गर्न समेत सरोकारवालाहरूको सुझाव छ । लामो समयसम्म विद्युत विधेयक तह हुन नसक्दा समयानुकूल विद्युत उत्पादन गर्न नसकिने र निजी क्षेत्रको लागि स्पष्ट ऐनको व्यवस्था नहुने उनीहरूको भनाइ छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहनमैत्री वातावरण तय गरिदिनुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर