केपी शर्मा ओलीले फेरी यसरी रिगाए माधव नेपाल समुहलाई, तर्से माधव — OSNepal

केपी शर्मा ओलीले फेरी यसरी रिगाए माधव नेपाल समुहलाई, तर्से माधव

LC (KTM) June 22, 2021 0

काठमाडौं – नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।

पार्टीभित्रको जारी विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस्थापन पक्षले भ्याकेट दर्ता गराएपछि खनाल–नेपाल समूहले एकताको नाममाआफूहरूलाई भुलाउने मात्रकाम गरेको निष्कर्ष निकालेको छ ।
एमालेका नेता सुवास नेम्वाङ भ्याकेटमा जाने निर्णय र पार्टीको एकता प्रक्रियाबीच कुनै साइनो नरहेको बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

उनले पार्टीलाई विधिसम्मतरूपमा अगाडि बढाउन भ्याकेटमा गएको बताउँदै यसले एकतालाई कुनै असर नगर्ने बताए ।खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा पार्टी कमिटीलाई ब्युँताए मात्र एकता हुने बताउँदै आएकोमा अध्यक्ष ओलीले भने जेठ ३ पूर्वकै अवस्थामाफर्किन तयार रहेको छबुँदे प्रस्ताव गरेका थिए । अध्यक्षओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रस्ट भएको नेपाल समूहका नेता वेदुराम भुसाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर