४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आठ करोड मतपत्र छापिँदै — OSNepal

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आठ करोड मतपत्र छापिँदै

LC (KTM) August 15, 2022 0

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ ।

आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

‘एक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नेगरी ८ करोड मतपत्र छाप्नेगरी आयोगले तयारी गरिरहेको छ, एउटा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र र अर्कोमा सोहीबमोजिम दुईवटा गरी चारवटा मतपत्र रहन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर