काठमाडौं २९ साउन । सत्ता गठवन्धन दलका नेपाली कांग्रेस , माओवादी र एकिकृत समाजवादी पार्टीले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।
आइतबार फोहोर बोकेको गाडीले काठमाडौंकै तारकेश्वर नगरपालिका–३ को खानेपानी नदी किनारामा फोहोर फ्ल्याएपछि त्यहाँ स्थानीयले अवरोध गरेका छन् ।
नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाहरुले सडक अवरुद्ध गर्दै फोहोर फाल्नेहरुलाई कारवाही माग गरेपछि अहिले फोहोर उठाउने काम भइरहेको छ ।
त्यसैगरी फोहोर बोकेको गाडीले बाख्रा मारेपछि फोहोर बेकेर गएको टिपरहरु बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्न सकेको छैन । जसको कारण सत्ता गठवन्धन दलले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै अब बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।